Genesis 38:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले भने, “ती चीजहरू त्‍यसैले राखोस्। नत्र त हामीलाई लाज हुन्‍छ। मैले त्‍यसलाई पाठो पठाइदिएकै हो, अब त्‍यसलाई नभेटिएपछि के लाग्‍यो र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले भने, “ती चीजहरू त्‍यसैले राखोस्, नत्रता हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो, तर हामीले त्‍यसलाई भेट्टाएनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाले भने, “त्यससित जे छन्, ती आफूसितै राखोस्, नत्रता हामी हाँसोको पात्र हुनेछौँ। जे भए तापनि मैले त्यसलाई यो कलिलो पाठो पठाएकै हुँ, तर तिमीले त्यसलाई भेट्टाएनौ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”