Genesis 38:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई लगिरहँदा तामारले ससुरालाई यसो भनी खबर पठाई, “यी चीजहरू जसका हुन्, तिनको बच्‍चा मेरो पेटमा छ। यी चीजहरू हेर्नुहोस्, हातको छाप लाउने औँठी, डोरी र टेक्‍ने लट्ठी, यी कसका हुन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई त्‍यहाँ ल्‍याउँदाल्‍याउँदै तिनले आफ्‍ना ससुरालाई यसो भनिपठाइन्, “यी चीजहरू जसका हुन्, तिनैबाट म गर्भवती भएकी हुँ।” अनि तिनले भनिन्, “हेर, यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई जब बाहिर निकाल्न लागे, तब तिनले आफ्ना ससुरालाई एउटा खबर पठाइन्। “यी सामानहरू जसका हुन्, तिनैद्वारा म गर्भवती भएकी हुँ,” तिनले भनिन्। अनि तिनले अझ थपेर भनिन्, “तपाईंले यो छाप-औँठी, डोरी, र लहुरो कसका हुन् भनी चिन्‍न सक्नुहुन्छ कि?”
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्‌ने लट्ठी हो?”