Genesis 38:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई व्यथा लागेपछि एउटाले हात बाहिर निकाल्यो। सुँडेनीले हात समातेर त्यसमा रातो धागो बाँधिदिंदै भनी, “यही पहिले जन्मेको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई सुत्केरी व्यथा लाग्दा एउटाचाहिँले हात बाहिर निकाल्यो, र सुँड़ेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, “पहिले जन्मेको यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी प्रसव-वेदनामा थिइन्, तीमध्ये एउटाले आफ्नो हात बाहिर निकाल्यो; यसकारण सुँडेनीले एउटा रातो डोरी लिएर त्यसको नाडीमा बाँधिदिइन् र भनिन्, “पहिले निस्केको यही हो।”
Nepali ERV (पवित्र बाइबल)
जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।”