Genesis 38:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसले हात फेरि भित्र हाल्‍यो र त्‍यसको भाइचाहिँ पो पहिले जन्‍म्‍यो। तब सुँडेनीले भनी, “तँ यसरी जब्‍बरजस्‍ती गरेर आइस्।” यसकारण उनले त्‍यसको नाम फारेस राखी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले आफ्‍नो हात फेरि भित्र लगेपछि त्‍यसको भाइचाहिँ पो जन्‍म्‍यो। र त्‍यसले भनी, “ए तैंले यस्‍तो बलजफत गर्ने!” यसकारण त्‍यसको नाउँ फारेस राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब त्यसले आफ्नो हात फेरि भित्र तान्यो, त्यसको भाइचाहिँ बाहिर निस्क्यो; अनि तिनले भनिन्, “तँ यसरी आउनमा सफल भइस्!” अनि त्यसको नाम पेरेस राखियो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।