Genesis 39:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्वामीले ल्याएको यस हिब्रूले मेरो बेइज्जत गर्यो। त्यो मेरो कोठामा आएर जब्बरजस्ती मसित सुत्न खोज्यो। म जोडले चिच्च्याएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्च्याएर कराएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ।
Nepali ERV (पवित्र बाइबल)
ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ।