Genesis 39:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो। उहाँले तिनलाई आशिष् दिनुभयो र झ्यालखानको अधिकृत उनीसित प्रसन्न भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठ्याउनुभयो, अनि तिनलाई झ्यालखानका हाकिमको निगाहपात्र बनाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिनको साथमा हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि दया देखाउनुभयो, र झ्यालखानाका हाकिमको दृष्टिमा तिनलाई निगाह प्राप्त गराइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।