Genesis 39:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफको खटनमा हुने कामको लागि अधिकृतले केही फिक्री गर्नुपर्दैनथ्‍यो किनभने परमप्रभु योसेफसित हुनुहुन्‍थ्‍यो र उनले हात हालेको सबै काममा उनलाई सफल तुल्‍याउनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफको जिम्‍मामा राखिएको कुनै कुरामा पनि झ्‍यालखानका हाकिमले केही फिक्री गर्दैनथिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्‍यसमा सफल गराउनुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती हाकिमले योसेफको जिम्मामा रहेका कुनै कुरामाथि पनि चिन्ता गर्दैनथिए; किनकि याहवेह योसेफसित हुनुहुन्थ्यो, र तिनले गरेका सबै कुरामा उहाँले तिनलाई सफलता दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।