Genesis 39:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पोतीफर योसेफसित प्रसन्न थिए र उनलाई आफ्नो निज चाकर बनाए। आफ्नो घर र त्यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्मामा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।