Genesis 39:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्ता राख्दैनथे। योसेफ लायकको र हेर्नमा सुन्दर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।
Nepali ERV (पवित्र बाइबल)
यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो। यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।