Genesis 39:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्‍न। आफ्‍नो सबै थोक उहाँले मेरै जिम्‍मामा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्।