Genesis 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आदम आफ्‍नी स्‍वास्‍नीसँग सुते र उनी गर्भवती भइन्‌। उनले एउटा छोरो जन्‍माइन्‌ र भनिन्‌, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्‍यसको नाम कयिन राखिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना मानिसलाई जन्म दिएकी छु।”
Nepali ERV (पवित्र बाइबल)
आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”