Genesis 4:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मलाई जमिन र आफ्ना सामुदेखि धपाउँदै हुनुहुन्छ। म पृथ्वीमा एउटा घरबिनाको डुलिहिँड्ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ, र तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज तपाईंले मलाई यस ठाउँबाट निकाल्नुहुँदैछ; अनि म तपाईंको उपस्थितिबाट लुकाइनेछु; यस पृथ्वीमा म बेचैन डुलुवा हुनेछु; अनि जसले मलाई भेट्टाउँछ, त्यसले मलाई मार्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”