Genesis 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्‍यो भने त्‍यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्‍ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्‍ह लाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले तिनलाई भन्‍नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्‍यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।”