Genesis 4:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेमेखले आफ्‍ना स्‍वास्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्‍यसले मलाई चोट लाएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्‍ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्‍याउने जवान मानिसलाई मैले मारेको छु।
Nepali ERV (पवित्र बाइबल)
लेमेकले आफ्ना पत्नीहरुलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरु हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।