Genesis 40:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि मिश्रका राजाको मुख्‍य-भान्से र मुख्‍य-मद्य टक्र्याउने मानिसले काम बिगारेर राजालाई रिस उठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि मिश्रका राजाका मुख्‍य पियाउने र मुख्‍य पकाउनेले आफ्‍ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे।
Nepali ERV (पवित्र बाइबल)
पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए।