Genesis 40:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माथिल्‍लो डालामा राजाको निम्‍ति सबै प्रकारका स्‍वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माथिल्‍लो टोकरीमा फारोको निम्‍ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माथिल्‍लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।”
Nepali ERV (पवित्र बाइबल)
सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”