Genesis 40:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक रात झ्यालखानमा ती दुई भान्से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्नाभिन्नै अर्थ भएको सपना देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक पल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आ-आफ्नो अर्थ भएका सपना देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो।
Nepali ERV (पवित्र बाइबल)
एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।