Genesis 41:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सातवटा दुब्ला गाईहरू जस्ताको त्यस्तै रहे, तिनीहरूले खाएको, नखाएको केही फरक परेन। तब म ब्यूँझें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैनथियो, किनभने तिनीहरू अझै पनि पहिलेजस्तै दुब्लै थिए। तब म ब्यूँझेँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले ती सात वटालाई खाइसकेपछि पनि तिनीहरूले खाए भनेर कसैले भन्न सकेनन्; किनकि तिनीहरू पहिलेजस्तै कुरूप देखिन्थे। त्यसपछि म बिउँझेँ।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू अझ पनि दुब्ला र नराम्रा देखिए। तर सातवटा गाईहरू खाई सकेपछि पनि तिनीहरू दुब्ला र कुरूप नै देखिन्थे। तिनीहरूलाई हेरेर तिमीलाई भन्न सक्ने थिएनौ ती गाईहरूले सातवटा बलिया बलिया गाईहरू खाए। शुरूमा तिनीहरू जति कुरूप र दुब्ला थिए पछि पनि तिनीहरूलाई त्यसतै देखिन्थे। तब म बिउँझें।