Genesis 41:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातवटा मोटा गाईहरू र सातवटा भरिला अन्‍नका बालाहरूले सात वर्ष बुझाउँछन्। दुवैको एउटै अर्थ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू सात वर्ष, र ती सात वटा असल बालाहरू पनि सात वर्ष नै हुन्‌। सपना एउटै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सात वटा मोटा गाईहरू सात वर्ष हुन्, र ती सात वटा भरिला बालाहरूचाहिँ सात वर्ष हुन्; दुवै सपनाको अर्थ एउटै हो।
Nepali ERV (पवित्र बाइबल)
दुवै सपनाहरूको अर्थ वास्तविक रूपमा एउटै हो। सातवटा राम्रा-राम्रा गाईहरू र सातवटा राम्रा-राम्रा अन्नको बालाहरूको अर्थ राम्रा सात वर्षहरू हुन्।