Genesis 41:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट निस्‍किआउने सातवटा दुब्‍ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्‍ला गाईहरू सात वर्ष हुन्‌। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्।
Nepali ERV (पवित्र बाइबल)
ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात वर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात वर्ष राम्रो सात वर्षपछि आउँछ।