Genesis 41:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यसपछि फेरि सात वर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ।