Genesis 41:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले आफ्‍नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्‍त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फारोले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्‍याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए।