Genesis 41:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनलाई राजाले आफ्‍ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्‍दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई फारोले आफ्‍नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए।