Genesis 41:48 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्मा गरे। हरेक सहरमा त्यसको वरिपरिको खेतमा अन्न बटुलिन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनले ती वर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए।