Genesis 41:55 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रीहरू पनि भोकले छट्पटाए र राजालाई अन्न माग्न थाले। तिनले आफ्ना प्रजालाई योसेफकहाँ पठाए र उनले भनेअनुसार गर्नू भनी आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सारा मिश्र अनिकालले पीडित भयो, तब प्रजाहरूले फारोसँग अनाजको निम्ति बिन्ती चढ़ाए। फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन् त्यही गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा इजिप्टका मानिसहरूले अनिकालको अनुभव गर्न थाले, तब मानिसहरू भोजनका लागि फारोसित बिलौना गर्न लागे। तब फारोले सबै इजिप्टियनहरूलाई भने, “योसेफकहाँ जाओ, र तिनले तिमीहरूलाई जे भन्छन्, त्यही गर।”
Nepali ERV (पवित्र बाइबल)
जब अनिकाल शुरू भयो मिश्रका मानिसहरूले फिरऊनलाई अन्नको दावी गरे अनि तिनले आफ्नो देशका मानिसहरूलाई भने, “यूसुफकहाँ जाऊ अनि सोध के गर्नु पर्छ।”