Genesis 41:56 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनिकाल बढ्दै गयो र सारा देशमा फैलियो। यसकारण योसेफले सम्पूर्ण ढुकुटीहरू खोलेर मिश्रीहरूलाई अन्न बेच्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सारा देशभरि अनिकाल पर्यो, तब योसेफले सबै धनसारहरू खोलेर सबै मिश्रीहरूलाई अनाज बेच्न सुरु गरे, किनकि मिश्रभरि घोर अनिकाल परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी अनिकाल सारा देशभरि फैलियो। योसेफले सम्पूर्ण भण्डारहरू खोलिदिए, र इजिप्टियनहरूलाई अन्न बेचे; किनकि इजिप्टभरि नै घोर अनिकाल फैलिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक ठाउँमा अनिकाल चलिरहेको थियो। यसर्थ यूसुफले मानिसहरूलाई गोदामबाट अन्न दिए। तिनले जोगाएर राखेको अन्न मिश्र देशका मानिसहरूलाई बेचे। मिश्र देशमा नै घोर अनिकाल लाग्यो।