Genesis 42:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “हजुर, एउटा बुबाका हामी बाह्र छोराहरू कनान देशमा थियौं। एउटा भाइ मर्‍यो। कान्‍छो भाइ घरमा बुबासँग छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्‍छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्‍ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।”
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”