Genesis 42:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूबाट एक भाइ गएर त्‍यसलाई लिएर आऊ। तिमीहरूका मनका कुरा साँचो हो कि होइन, त्‍यो सफा नभइञ्‍जेल अरूहरूचाहिँ यहीँ कैदमा राखिनेछौ। राजा फारोको जीवन साक्षी राखी म भन्‍दछु, तिमीहरू जासूस हौ भन्‍ने कुरा साँचो हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये एक जनालाई तिमीहरूको भाइलाई ल्‍याउन पठाओ। त्‍यतिञ्‍जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्‍य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरू जासूसै हौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमध्ये एक जनालाई आफ्नो भाइ ल्याउन पठाओ; अनि अरूलाईचाहिँ थुनामा राखिनेछ, ताकि तिमीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर पत्ता लगाउन सकियोस्। यदि होइन भने फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरू जासुस हौ!”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।”