Genesis 42:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। अनि तिमीहरूले साँचो कुरा भनेका रहेछौ भनी प्रमाण हुनेछ र तिमीहरूको ज्यान बाँच्नेछ।” तिनीहरू राजी भएर,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। यसरी तिमीहरूको कुरा साँचो ठहरिनेछ, र तिमीहरू मर्नेछैनौ।” उनीहरूले त्यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले आफ्नो कान्छो भाइलाई मकहाँ ल्याउनुपर्छ, ताकि तिमीहरूका कुराहरू साँचो ठहरियोस् र तिमीहरू मर्न नपरोस्।” तब उनीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।” दाज्यू-भाइहरू यसमा सहमत भए।