Genesis 42:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आपसमा भन्न लागे, “हामीले आफ्ना भाइलाई के गरेका थियौं, त्यसको फल भोग्दै छौं। हामीले त्यसको दु:ख देखी मद्दतको लागि बिन्ती सुनेर पनि त्यसको कुरा मानेनौं। त्यसकारण आज हामीलाई यो विपद् आइपर्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू एकले अर्कालाई भने, “साँच्ची नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो सङ्कष्ट हामीमाथि पर्न आएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले आपसमा भने, “साँच्चै नै हामीले आफ्नो भाइलाई नराम्रो व्यवहार गरेको कारण दण्ड पाएका हौँ। त्यसले आफ्नो जीवनको निम्ति बिन्ती गर्दा हामीले त्यसलाई कति दुःखित भएको देखेका थियौँ, तर पनि हामीले सुनेनौँ; त्यसैकारण यो विपत्ति हामीमाथि आएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”