Genesis 42:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई छोडेर गए र योसेफ रुन लागे। फेरि कुरा गर्न सक्ने भएपछि तिनी फर्की आए र तिनीहरूको सामुन्ने शिमियोनलाई लिएर बाँधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।