Genesis 42:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो पैसा त मलाई फर्काइ पो दिएछन्,” उनले आफ्‍ना दाजुभाइहरूलाई सुनाए, “यो मेरो धोक्रोमा छ।” तिनीहरूको हंसले ठाउँ छोड्यो र डरले आपसमा सोध्‍न लागे, “परमेश्‍वरले हामीलाई यो के गर्नुभएको हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन्‌ क्‍यारे! हेर, त्‍यो यहाँ मेरो धोक्रोको मुखैमा छ।” यसमा उनीहरूको हंसले ठाउँ छोड्‌यो, र उनीहरू थरथर काम्‍दै र एक-अर्कालाई हेराहेर गर्दै भन्‍न लागे, “परमेश्‍वरले हामीलाई यो के गर्न लाग्‍नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो पैसा फर्काइएको रहेछ। हेर, त्यो त मेरो बोरामै छ।” उनीहरू डरले खङ्‌ग्रङ्गै भए, र काँप्दै एक-अर्कालाई हेर्दै भने, “परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”