Genesis 42:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको कान्‍छो भाइलाई मकहाँ ल्‍याओ। तब तिमीहरू जासूस होइनौ तर इमानदार मानिसहरू रहेछौ भनी म बुझ्‍छु। तब तिम्रो यो भाइ म तिमीहरूलाई फर्काइदिनेछु र तिमीहरू यहाँ बस्‍न र किनबेच गर्न पाउनेछौ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूको कान्‍छो भाइलाई यहाँ मकहाँ ल्‍याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्‍ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्‍पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्‌ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘