Genesis 42:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले आफ्‍ना भारी खोले र आफ्‍ना पैसाको धोक्रो आ-आफ्‍नो धोक्रोमा पाए। पैसा देखेर तिनीहरू र बुबा पनि डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले आफ्‍ना धोक्राहरू खन्‍याउँदा उनीहरू हरेकका चाँदीको पोको आ-आफ्‍नो धोक्रोमा रहेछ। जब उनीहरूले र उनीहरूका बुबाले ती चाँदीका पोकाहरू देखे तब उनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।