Genesis 42:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुहरूलाई देखेर योसेफले चिनिहाले तर नचिनेजस्‍तो गरे। तिनले कड्केर सोधे, “तिमीहरू कहाँदेखि आएका हौ?” तिनीहरूले उत्तर दिए, “हामी अन्‍न किन्‍न कनानदेखि आएका हौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले आफ्‍ना दाजुहरूलाई देखेर चिनिहाले, तर तिनले उनीहरूलाई नचिनेका जस्‍तै गरी कड़ासँग उनीहरूलाई सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले भने, “कनान देशबाट अनाज किन्‍न आएका हौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले आफ्ना दाजुहरूलाई देख्नासाथै उनीहरूलाई चिने; तर तिनले नचिनेको भान पारेर रुखो सोरमा उनीहरूसित बोले। तिनले सोधे, “तिमीहरू कहाँबाट आएका हौ?” उनीहरूले जवाफ दिए, “हामी कनान देशबाट अन्‍न किन्‍न आएका हौँ।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?” ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”