Genesis 43:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले तिनीहरूलाई भने, “त्यसो नगरी हुँदैन भने हाम्रो देशमा भएका सबैभन्दा राम्रा कुराहरू बडा-हाकिमलाई सौगात लिएर जाओ। अलिकति सुगन्धित लेप, मह, मरमसला, पेस्ता र हाडे-बदाम लिएर जाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने, “यदि यसो हुनैपर्छ भने यसो गर: यस देशका बढ़िया-बढ़िया उब्जनीहरू, अलिक सुगन्धित लेप, अलिकता मह, सुगन्धित मसला, मूर्र, पेस्ता र हाड़े-बदाम ती मानिसको निम्ति सौगातको रूपमा तिमीहरूका धोक्रामा लगिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनीहरूका पिता इस्राएलले उनीहरूलाई भने, “यदि यस्तै हुने हो भने यसो गर: यस देशका केही उत्तम उत्पादनहरू आफ्ना बोराहरूमा राख—अर्थात् अलिकति सुगन्धित लेप र अलिकति मह, केही सुगन्धित मसला, मूर्र, र अलिकति पेस्ता र हाडे-बदामहरू ती मानिसका निम्ति उपहारको रूपमा लिएर जाओ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।