Genesis 43:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रकम दोब्‍बर लिएर जाओ किनभने तिम्रा धोक्रामा हाली फर्काइदिएको रकम पनि दिनुपर्नेछ। हुन सक्‍छ, त्‍यो भुलले भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्‍यो फिर्ता गर्नुपर्छ। शायद त्‍यो भूलले भएको होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।
Nepali ERV (पवित्र बाइबल)
यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।