Genesis 43:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसँग बेन्यामीनलाई देखेर योसेफले आफ्नो घरको मुख्य चाकरलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा। आज दिउँसो यिनीहरूले मसँग खानेछन्। एउटा पशु मारेर भोज तयार गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योसेफले उनीहरूका साथमा बेन्यामीनलाई देखे तब तिनले आफ्नो घरको भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज दिउँसो मसँगै खानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब योसेफले उनीहरूसित बेन्यामीनलाई देखे, तब तिनले घरका भण्डारेलाई भने, “यी मानिसहरूलाई मेरो घरमा लैजा, एउटा पशु मारेर भोजन तयार गर्; उनीहरूले दिउँसो मसित खानेछन्।”
Nepali ERV (पवित्र बाइबल)
मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”