Genesis 43:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरमा लाँदा तिनीहरू डराए र सोच्न लागे, “पहिलोपल्ट पैसा हाम्रो धोक्रोमा परेर फर्केको हुनाले हामीलाई घरमा लैजाँदै छन्। अब तिनीहरूले अचानक हामीमाथि हमला गर्नेछन्, हाम्रा गधाहरू खोस्छन् र हामीलाई कमारा बनाउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर योसेफको घरमा ल्याएको हुनाले योसेफका दाजुभाइहरूले डराएर आपसमा भने, “पहिलो पल्ट हाम्रा धोक्राहरूमा फर्काइदिएको चाँदीको कारण हामीलाई यहाँ ल्याएको हुनुपर्छ। अब तिनले हाम्रा विरुद्धमा निहुँ पाएर हामीलाई कमारा तुल्याउँछन् र हाम्रा गधाहरू जफत गरेर लिन्छन् होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब ती मानिसहरू आफूलाई योसेफको घरमा लगिएको कारण आत्तिए। उनीहरूले सोचे, “हामीलाई यहाँ ल्याएको चाहिँ पहिलो पटक हाम्रा बोराहरूमा पैसा फर्काएर हालिदिएको कारणले गर्दा हो। तिनले हामीमाथि आक्रमण गर्न र हामीलाई दमन गरी दास तुल्याएर हाम्रा गधाहरू हडप्न चाहन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”