Genesis 43:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले भन्‍यो, “सुर्ता नगर। नडराओ। तिम्रा र तिम्रा बुबाको परमेश्‍वरले रकम तिमीहरूको धोक्रोमा हालिदिनुभयो होला। मैले त तिमीहरूको अन्‍नको दाम पाएको थिएँ। तब त्‍यसले शिमियोनलाई तिनीहरूकहाँ ल्‍यायो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले जवाफ दियो, “धन्‍दा नमान, नडराओ। तिमीहरूका परमेश्‍वर, तिमीहरूका बुबाका परमेश्‍वरले नै अवश्‍य तिमीहरूका धोक्राहरूमा धन हालिदिनुभएको हुनुपर्छ। तिमीहरूको चाँदी त मैले पाएकै थिएँ।” तब त्‍यसले शिमियोनलाई निकालेर उनीहरूकहाँ ल्‍यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “ठिकै छ, नडराओ। तिमीहरूका परमेश्‍वर, र तिमीहरूका पिताका परमेश्‍वरले नै तिमीहरूका बोराहरूमा धन राखिदिनुभएको छ। मैले तिमीहरूको पैसा पाएँ।” तब तिनले शिमियोनलाई उनीहरूकहाँ बाहिर ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।” त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।