Genesis 43:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफ घरमा आएपछि तिनीहरूले उनलाई आफ्‍नो सौगात टक्र्याए र भूइँमा निहुरेर प्रणाम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योसेफ घरमा आए तब उनीहरूले आफ्‍ना साथमा ल्‍याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्‍याए, र तिनलाई साष्‍टाङ्ग प्रणाम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनको सामु दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।