Genesis 43:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले तिनलाई भने, “ती मानिसले तिम्रो भाइलाई साथमा लिई आएनौ भने मेरो सामु आउन पाउनेछैनौ भनी हामीलाई भनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई ‘तिमीहरूको भाइलाई तिमीहरूका साथमा नल्याउञ्जेल मेरो सम्मुख आउन पाउनेछैनौ’ भनेर कड़ा चेताउनी दिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदाले तिनलाई भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक यसरी चेतावनी दिएका छन्, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’
Nepali ERV (पवित्र बाइबल)
तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’