Genesis 43:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अचानक उठेर योसेफ गए किनभने उनको हृदयमा भाइको लागि माया भरिएर आयो। उनको भक्‍कानो फुटेर आयो र उनी आफ्‍नो कोठामा गई रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका भाइको खातिर तिनको हृदय स्‍नेहले भरिएर आएकोले रुन मन लागेर योसेफले आतुरीसँग ठाउँ खोजे। आफ्‍नो कोठाभित्र पसेर तिनी रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो भाइलाई देखेर योसेफ अति भावुक भए; अनि आफूलाई थाम्न नसकेर हतारिँदै रुने एकान्त ठाउँ खोज्दै निस्के। अनि तिनी आफ्नो निजी कोठामा पसे, र त्यहाँ रोए।
Nepali ERV (पवित्र बाइबल)
तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।