Genesis 43:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले एउटा मेचमा खाए। उनका दाजुभाइहरूले अर्का मेचमा खाए। त्‍यहाँ खान मिश्रीहरूको निम्‍ति अलग्‍गै भोज लगाइएको थियो किनभने हिब्रूहरूसँग बसेर खानु तिनीहरूले आफ्‍नो अपमान ठान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनीहरूले योसेफको निम्‍ति छुट्टै र तिनका दाजुभाइका निम्‍ति छुट्टै र तिनीसित खाने अरू मिश्रीहरूका निम्‍ति छुट्टै खाना राखे, किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्‍यो। त्‍यसो गर्नु मिश्रीहरूका निम्‍ति घृणित कुरो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले योसेफका निम्ति अलग्गै, ती दाजुभाइहरूका निम्ति अलग्गै, र तिनीसित खाने इजिप्टियनहरूका निम्ति छुट्टाछुट्टै भोजन पस्के; किनकि हिब्रूहरूसित भोजन गर्नु भनेको इजिप्टियनहरूका लागि घृणित मानिने हुनाले उनीहरूले हिब्रूहरूसित खान मिल्दैनथ्यो।
Nepali ERV (पवित्र बाइबल)
यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रू मानिसहरूसँगै बसेर खानु राम्रो होइन।