Genesis 43:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफको सामु ती दाजुभाइहरूलाई तिनीहरूको उमेरअनुसार जेठोदेखि कान्‍छोसम्‍म क्रमश: बस्‍न लगाइएको थियो। आफूलाई दर्जाअनुसार मेचमा बस्‍न लगाइएको देखेर तिनीहरू छक्‍क परेर आपसमा हेराहेर गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जेठादेखि कान्‍छासम्‍म आ-आफ्‍नो उमेरअनुसार योसेफले उनीहरूलाई बसाएका थिए। ती मानिसहरू छक्‍क परेर एउटाले अर्कालाई हेर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती मानिसहरूलाई योसेफको अगि जेठोदेखि कान्छोसम्म आफ्नो उमेरअनुसार बसाइयो; अनि उनीहरूले चकित भएर एक-अर्कालाई हेरे।
Nepali ERV (पवित्र बाइबल)
यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।