Genesis 43:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उत्तर दिए, “ती मानिसले हामी र हाम्रा परिवारबारे सोधिरहे। ‘के तिम्रा बुबा जिउँदै छन्? तिमीहरूको अर्को भाइ छ?’ भनेर सोधे। हामीले जवाफ नदिइभएन। भाइ लिएर आउनू भन्छन् भनी हामीले कसरी जान्नु र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले जवाफ दिए, “ती मानिसले यसो भनेर हामी र हाम्रा कुटुम्बका विषयमा केरकार गरी सोधपूछ गरे, ‘के तिमीहरूका बुबा अझै जीवितै छन्? के तिमीहरूको अरू भाइ पनि छ?’ हामीले त यी नै प्रश्नका जवाफ मात्र तिनलाई दियौं। तिनले हामीलाई ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान् भनी हामीले कसरी जान्नु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनीहरूले जवाफ दिए, “ती मानिसले हामी र हाम्रा कुटुम्बको विषयमा केरकार गरे। तिनले, ‘के तिमीहरूका पिता अझ जीवितै छन्? के तिमीहरूसित अर्को पनि भाइ छ?’ भनेर सोधे। हामीले उनका प्रश्नहरूको मात्र जवाफ दियौँ। तिनले ‘तिमीहरूका भाइलाई यहाँ ल्याओ’ भनी भन्लान् भनेर हामीले कसरी जान्नु?”
Nepali ERV (पवित्र बाइबल)
ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”