Genesis 43:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो प्राणको जमानी दिन्‍छु, त्‍यसको लागि मलाई जिम्‍मेवार बनाउनुहोस्। त्‍यसलाई मैले कुशलै तपाईंकहाँ ल्‍याइपुर्‍याइनँ भने म सधैँ त्‍यसको दोषी हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको जमानी म भएँ। मेरै हातबाट फेरि तपाईंले यसलाई लिनुहोला। यदि मैले यसलाई फर्काएर ल्‍याइनँ भने र तपाईंको सामु राखिनँ भने, म सदाको निम्‍ति दोषी ठहरिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफैँ त्यसको सुरक्षाको जमानी बस्‍नेछु; त्यसको लागि तपाईंले मलाई नै जिम्मेवार ठहराउन सक्नुहुन्छ। यदि मैले त्यसलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु खडा गराउन सकिनँ भने म आफ्नो जीवनभरि तपाईंको अगि दोषी ठहरिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।