Genesis 44:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले घरको मूल चाकरलाई आज्ञा दिए, “यी मानिसहरूका धोक्राहरू जति-जति बोक्न सक्छन् त्यति-त्यति अन्नले भरिदेऊ अनि हरेकको पैसा त्यस धोक्रोमा हालिदेऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योसेफले आफ्नो घरको भण्डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्नो धोक्रोको मुखमा राखिदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे।
Nepali ERV (पवित्र बाइबल)
तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।