Genesis 44:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र तिनका दाजुभाइहरू योसेफको घरमा फर्की आइपुग्दा तिनी त्यहाँ थिए। तिनीहरूले उनलाई निहुरेर प्रणाम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा र उनका दाजुभाइहरू योसेफको घरमा आइपुग्दा तिनी त्यहीँ थिए, र उनीहरूले तिनको सामु लम्पसार परेर प्रणाम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा र तिनका दाजुभाइहरू फर्केर आउँदा योसेफ घरमै थिए। अनि उनीहरू तिनको सामु भुइँमै लम्पसार परे।
Nepali ERV (पवित्र बाइबल)
यहूदा अनि उसका दाज्यू-भाइहरू यूसुफको घरमा गए। यूसुफ त्यतिञ्जेल त्यही थिए। ती दाज्यू-भाइहरू भूइँमा उनी अघि निहुरिए।