Genesis 44:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंलाई के बिन्ती गरूँ, हजुर?” यहूदाले भने, “के भनी हामी सफाइ दिन सक्छौं र? के बिन्ती गरौं? परमेश्वरले हाम्रो पाप प्रकट गरिदिनुभयो। जसकोबाट कचौरा निस्क्यो, त्यो मात्र होइन तर हामी सबैजना अब हजुरको कमारा भयौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाले भने, “हामी हजूरलाई के भनौं, अथवा अब हामीले कसरी आफ्नो सफाइ दिन सक्छौं र? हजूरका दासहरूको अपराध परमेश्वरले प्रकट गर्नुभएको छ। हेर्नुहोस्, अब हामी हजूरका कमारा भयौं। हामी र त्यो पनि जसको हातमा त्यो कचौरा फेला पर्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मालिक, हामी हजुरलाई के भन्न सक्छौँ र?” यहूदाले जवाफ दिए। “हामी के नै पो भन्न सक्छौँ र? हामी कसरी आफूलाई निर्दोष प्रमाणित गर्न सक्छौँ? परमेश्वरले तपाईंका दासहरूको अधर्म उघारिदिनुभएको छ। हामी अब मेरा मालिकका सेवकहरू हौँ—अर्थात् हामी सबै, र त्यो पनि, जससित त्यो कचौरा पाइयो।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाले भने, “व्याख्या गर्ने कुनै बाटो छैन। हामी दोषी छैनौ भनी साबित गर्ने हामीसित कुनै सबूत नै छैन। परमेश्वरले मात्र दोषी मानिस पत्तो लगाउनु भएको छ। यसर्थ हामी दुवै अनि जसको थैलामा कचौरा भेटियो कमारा कै रूपमा सेवा गर्न तयार छौ।”